Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फेरि उकालो लाग्दै कोरोना संक्रमण : २१ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

फेरि उकालो लाग्दै कोरोना संक्रमण : २१ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर कोरोनाका सक्रिय संक्रमित बढ्ने क्रम पुन: एकपटक उकालो लागिरहेको छ । आइतबारसम्म देशका २१ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।

ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, कास्की गोरखा, बाग्लुङ रहेका छन्। यसैगरी नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही, सुर्खेतमा पनि कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता १६ जिल्लामा २ बढी सक्रिय संक्रमित रहेका छन्।

एक महिना अघिसम्म केही कम भइसकेको कोरोना संक्रमणदर फेरि एकपटक उकालो लाग्ने क्रम बढेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जनाए । नेपालमा औसतमा कोरोना संक्रमणदर १९ दशमलब ५ प्रतिशत रहेको छ भने मृत्युदर १ दशमलब ५ प्रतिशत रहेको छ ।

हाल देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन्। यसैगरी ७५८ जना कोरोनाका सिकिस्त संक्रमितको आइसीयूमा र १९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हालसम्म नेपालमा १० हजार २९२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्तालयको तथ्यांकमा उल्लेख छ ।

निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना नगर्दा संक्रमण बढेको विज्ञहरुले बताउँदै आएका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार