स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखको जिम्मेवारी प्राध्यापक गोमा निरौलालाई दिएको छ ।
वीर अस्पतालको नर्सिङ प्रमुख रहेकी निरौलालाई आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सो जिम्मेवारी दिइएको हो । यसअघिकी महाशाखा निर्देशक रोशनी तुईतुईलाई वीर अस्पताल सरुवा गरिएको छ ।
यसैगरी आइतबार नै कान्ति बाल अस्पतालमा कार्यरत डा बद्री रिजाललाई राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा गरिएको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त