Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला

स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखको जिम्मेवारी प्राध्यापक गोमा निरौलालाई दिएको छ ।

वीर अस्पतालको नर्सिङ प्रमुख रहेकी निरौलालाई आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सो जिम्मेवारी दिइएको हो । यसअघिकी महाशाखा निर्देशक रोशनी तुईतुईलाई वीर अस्पताल सरुवा गरिएको छ ।

यसैगरी आइतबार नै कान्ति बाल अस्पतालमा कार्यरत डा बद्री रिजाललाई राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार