Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमितको मृत्यु

आज गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै गत २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । आज देशभर ३३ जनाको मृत्यु भएकोमा १२ जना गण्डकी प्रदेशका रहेका हुन्। योसँगै गण्डकीमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ सय १२ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा ५ जना नवलपरासीका, ४ जना स्याङ्जाका र ३ जना कास्कीका रहेका छन्।

पछिल्लो समय कोरोना संक्रमण र मृत्यु हुनेको संख्या गण्डकी प्रदेशमा बढ्दो क्रममा रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार