थप २२१२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २२ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार १०६ जनाको नमुना परीक्षण गर्दा थप २२ सय १२ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी आज थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार २९२ पुगेको छ । उता यहीवीच १८ सय ६७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
हाल देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ७५८ जनाको आइसीयूमा र १९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७० हजार ७७० जनालाई कोरोना विरुद्धको खोप दिइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा