विद्यालय खुलेको एक सातामै विद्यार्थी संक्रमित हुन थालेपछि पुन: बन्द
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतको झारखण्डमा खुलेका विद्यालयहरु पुन: बन्द हुन थालेका छन्। कोरोना संक्रमण केही कम भएको भन्दै त्यहाँका विद्यालयले ९ देखि १२ सम्मका विद्यार्थीको कक्षा सञ्चालन गरेका थिए ।
तर विद्यालय खुलेको एक साता नपुग्दै विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि त्यहाँको सरकारले विद्यालय तुरुन्त बन्द गर्द निर्देशन दिएको छ । लामो समयसम्मको बन्दले पढाईमा प्रभाव परेको भन्दै त्यहाँको सरकारले सिनियर लेबलको कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालन गर्न सकिने जनाएपछि धमाधम विद्यालय खुलेका थिए ।
तर पुन: कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेपछि अर्को सूचना जारी नभएसम्मका लागि सबै कक्षा बन्द गर्न निर्देशन दिइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा