Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शनिबार थपिए २६२४ नयाँ संक्रमित, २० जनाको मृत्यु

शनिबार थपिए २६२४ नयाँ संक्रमित, २० जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २६ सय २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ५७३ जनाको नमुना परीक्षण गर्दा २६ सय २४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २५९ पुगेको छ ।

हाल देशभर ३९ हजार ४०५ सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार