Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

५ महिनापछि लगाएको कोरोना खोपको दोस्रो मात्राले काम गर्छ त ?

५ महिनापछि लगाएको कोरोना खोपको दोस्रो मात्राले काम गर्छ त ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको पहिलो मात्रा कोभिशिल्ड लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकले ५ महिनापछि मात्र दोस्रो मात्रा लगाइरहेका छन्।

शुरुमा ८ हप्तादेखि १२ हप्तासम्म दोस्रो डोज लगाउनपर्ने बताइए पनि सो खोप उपलब्ध हुन नसक्दा ५ महिनापछि मात्र दोस्रो डोज दिइँदैछ । लामो समयको अन्तर भएपछि अहिले धेरैले दोस्रो मात्रा खोपले काम गर्ने की नगर्ने भन्नेमा आशंका गरेका बेला स्वास्थ्य मन्त्रालयले यसले ढिला लगाए पनि काम गर्ने जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न अध्ययनहरुले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखाएको जनाएको छ ।

यसका साथै अहिले कोभिशिल्डकै प्रकृतिको एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा दिइरहेकाले ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
कोभिशिल्ड र एस्ट्राजेनेका खोप एकै प्रकृतिका भएको र नाम मात्रा फरक रहेको भन्दै यसमा कुनै शंका गर्न नपर्ने समेत बताइएको छ ।

कोरोना खोप लगाउन जाँदा भने जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र आफनो पालोमा मात्र खोप लगाइदिन आग्रह गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार