५ महिनापछि लगाएको कोरोना खोपको दोस्रो मात्राले काम गर्छ त ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको पहिलो मात्रा कोभिशिल्ड लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकले ५ महिनापछि मात्र दोस्रो मात्रा लगाइरहेका छन्।
शुरुमा ८ हप्तादेखि १२ हप्तासम्म दोस्रो डोज लगाउनपर्ने बताइए पनि सो खोप उपलब्ध हुन नसक्दा ५ महिनापछि मात्र दोस्रो डोज दिइँदैछ । लामो समयको अन्तर भएपछि अहिले धेरैले दोस्रो मात्रा खोपले काम गर्ने की नगर्ने भन्नेमा आशंका गरेका बेला स्वास्थ्य मन्त्रालयले यसले ढिला लगाए पनि काम गर्ने जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न अध्ययनहरुले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखाएको जनाएको छ ।
यसका साथै अहिले कोभिशिल्डकै प्रकृतिको एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा दिइरहेकाले ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
कोभिशिल्ड र एस्ट्राजेनेका खोप एकै प्रकृतिका भएको र नाम मात्रा फरक रहेको भन्दै यसमा कुनै शंका गर्न नपर्ने समेत बताइएको छ ।
कोरोना खोप लगाउन जाँदा भने जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र आफनो पालोमा मात्र खोप लगाइदिन आग्रह गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण