Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर कोरोना संक्रमण बढेपछि अस्पताल तथा मेडिकल कलेज सूचीकृत गर्न निर्देशन

देशभर कोरोना संक्रमण बढेपछि अस्पताल तथा मेडिकल कलेज सूचीकृत गर्न निर्देशन

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढ्न थालेपछि सरकारले आइसोलेसन सेन्टर बनाउन तथा अस्पताल तथा मेडिकल कलेजलाई सूचिकृत गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार कोरोना संक्रमण बढ्ने क्रमलाई हेरेर अस्पताल तथा मेडिकल कलेजलाई तयारी अवस्थामा राख्न सूचिकृत गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको हो ।

यसअघि सूचिकृत भएका अस्पताल तथा मेडिकल कलेजलाई सरकारले कोरोना कम हुँदै गएपछि सूचिबाट हटाएको थियो । तर फेरि एकपटक कोरोनाको तेस्रो लहरको सम्भावना बढेकाले अस्पताललाई सूचिकृत गर्ने र त्यसको विवरण स्वास्थ्य आपतकालिन केन्द्रमा राख्नका लागि पनि निर्देशन दिइएको छ ।

यस्ता सूचिकृत भएका अस्पताल तथा मेडिकल कलेजको नियमित सुपरिवेक्षण तथा अनुगमन गर्न पनि गृहले निर्देशन दिएको छ । सूचीकृत भएका अस्पतालमा कोरोना संक्रमितको उपचार गरे वापतको रकम सरकारले सोधभर्ना स्वरुप दिने गरेको छ ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार