देशभर कोरोना संक्रमण बढेपछि अस्पताल तथा मेडिकल कलेज सूचीकृत गर्न निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढ्न थालेपछि सरकारले आइसोलेसन सेन्टर बनाउन तथा अस्पताल तथा मेडिकल कलेजलाई सूचिकृत गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार कोरोना संक्रमण बढ्ने क्रमलाई हेरेर अस्पताल तथा मेडिकल कलेजलाई तयारी अवस्थामा राख्न सूचिकृत गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको हो ।
यसअघि सूचिकृत भएका अस्पताल तथा मेडिकल कलेजलाई सरकारले कोरोना कम हुँदै गएपछि सूचिबाट हटाएको थियो । तर फेरि एकपटक कोरोनाको तेस्रो लहरको सम्भावना बढेकाले अस्पताललाई सूचिकृत गर्ने र त्यसको विवरण स्वास्थ्य आपतकालिन केन्द्रमा राख्नका लागि पनि निर्देशन दिइएको छ ।
यस्ता सूचिकृत भएका अस्पताल तथा मेडिकल कलेजको नियमित सुपरिवेक्षण तथा अनुगमन गर्न पनि गृहले निर्देशन दिएको छ । सूचीकृत भएका अस्पतालमा कोरोना संक्रमितको उपचार गरे वापतको रकम सरकारले सोधभर्ना स्वरुप दिने गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा