Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। संघको आइतबार भएको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो।

यसैगरी अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ।  यसैगरी सदस्यहरुमा पृथ्वीराज भण्डारी, दिपक टिवेडवाल,सुदर्शन खैगुली, सुदिप प्रधान र गणेश पाठक चयन भएको संघका उपाध्यक्ष सन्तोष बरालले जनाएका छन्।

यसअघि जी नारायण बहादुर क्षेत्री संघका अध्यक्ष थिए ।

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार