Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दक्षिण कोरिया जाने नेपालीलाई यी दुई केन्द्रबाट कोरोना विरुद्धको खोप दिइँदै

दक्षिण कोरिया जाने नेपालीलाई यी दुई केन्द्रबाट कोरोना विरुद्धको खोप दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले रोजगार र अन्य शिलशिलामा दक्षिण कोरिया जाने नेपाली नागरिकलाई पनि कोरोना विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरिया जाने नेपालीले काठमाडौंका दुई खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जनाएको हो । खोप लगाउनका लागि महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल र छाउनीमा रहेको सैनिक अस्पताल तोकिएको छ। कोरिया जानेले यी दुई अस्पतालमा गएर कोरोना विरुद्धको खोप लगाउन सक्ने छन्।

खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्नेछ । यसरी खोेप लगाउन जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने तथा भौतिक दूरी कायम गरिदन पनि आग्रह गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार