Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ३२६० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३८ हजार नाघ्यो

थप ३२६० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३८ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३२ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ४६२ जनाको नमुना परीक्षण गर्दा ३२ सय ६० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार २१२ पुगेको छ ।

उता यहीवीच २२ सय ९३ संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर ३८ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ७३७ जनाको आइसीयूमा र १८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार