थप ३२६० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३८ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३२ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ४६२ जनाको नमुना परीक्षण गर्दा ३२ सय ६० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार २१२ पुगेको छ ।
उता यहीवीच २२ सय ९३ संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर ३८ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ७३७ जनाको आइसीयूमा र १८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा