काठमाडौंमा आजदेखि राति ८ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन नपाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने भएको छ ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी यस्तो निर्णय गरिएको हो । रातिको समयमा रेष्टुरेन्ट तथा होटलहरुमा भिडभाड बढ्न थालेपछि सो भिड नहोस भनेर प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ ।
उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप गर्दै प्रमुख जिल्ला अधिकारीहरुले यो नियम पनि थप गरेका हुन्। यो अवधिभर राति आठ बजेपछि अत्यवाश्यक सेवा बाहेकका सवारीसाधनहरू चलाउन पाइने छैन्।
निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा