Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा आजदेखि राति ८ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन नपाइने

काठमाडौंमा आजदेखि राति ८ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन नपाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी यस्तो निर्णय गरिएको हो । रातिको समयमा रेष्टुरेन्ट तथा होटलहरुमा भिडभाड बढ्न थालेपछि सो भिड नहोस भनेर प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ ।

उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप गर्दै प्रमुख जिल्ला अधिकारीहरुले यो नियम पनि थप गरेका हुन्। यो अवधिभर राति आठ बजेपछि अत्यवाश्यक सेवा बाहेकका सवारीसाधनहरू चलाउन पाइने छैन्।

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार