Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ४५ लाख बढीले लगाए कोभिड विरुद्धको पहिलो मात्रा खोप

नेपालमा ४५ लाख बढीले लगाए कोभिड विरुद्धको पहिलो मात्रा खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ४५ लाखभन्दा बढीले कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म देशभर ४५ लाख ४१ हजार ६८२ जनाले कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्।

यसैगरी पूर्ण खोप लगाउनेको संख्या नै २७ लाख २१ हजार ७८२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोना विरुद्धको खोप सबै नागरिकलाई दिनका लागि सरकारले विभिन्न देशहरुसँग खोप खरिद सम्झौता गरिसकेको भन्दै असोजसम्म थप एक करोड २ लाख मात्रा खोप आइपुग्ने र एक तिहाई नागरिकलाई खोप लगाइसक्ने जनाए । उनले माघ महिनासम्म ५ करोड २२ लाख डोज खोप नेपाल भित्रिसक्ने समेत जानकारी दिए ।

बुधबारसम्म नेपालमा अनुदानमा पाएको र खरिद गरेको गरी १ करोड ८ लाख ६० हजार १७० डोज खोप आइसकेको छ । सरकारले कोभिड विरुद्धको खोप अभियानलाई पनि जारी राखेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार