नेपालमा ४५ लाख बढीले लगाए कोभिड विरुद्धको पहिलो मात्रा खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ४५ लाखभन्दा बढीले कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म देशभर ४५ लाख ४१ हजार ६८२ जनाले कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्।
यसैगरी पूर्ण खोप लगाउनेको संख्या नै २७ लाख २१ हजार ७८२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोना विरुद्धको खोप सबै नागरिकलाई दिनका लागि सरकारले विभिन्न देशहरुसँग खोप खरिद सम्झौता गरिसकेको भन्दै असोजसम्म थप एक करोड २ लाख मात्रा खोप आइपुग्ने र एक तिहाई नागरिकलाई खोप लगाइसक्ने जनाए । उनले माघ महिनासम्म ५ करोड २२ लाख डोज खोप नेपाल भित्रिसक्ने समेत जानकारी दिए ।
बुधबारसम्म नेपालमा अनुदानमा पाएको र खरिद गरेको गरी १ करोड ८ लाख ६० हजार १७० डोज खोप आइसकेको छ । सरकारले कोभिड विरुद्धको खोप अभियानलाई पनि जारी राखेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा