थप ३४८१ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ६५६ जनाको नमुना परीक्षण गरिएकोमा ३४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १८० पुगेको छ ।
हाल देशभर ३८ हजार ३३ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७९६ जना आइसीयूमा उपचाररत छन् भने १८४ जना भेन्टिलेटरमा छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा