Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुबई जान ४ घण्टा भित्र गरिएको ‘र्‍यापिड पीसीआर टेस्ट’ अनिवार्य, नेपालमा मेशिन नहुँदा टिकट लिएका यात्रु अन्यौलमा

दुबई जान ४ घण्टा भित्र गरिएको ‘र्‍यापिड पीसीआर टेस्ट’ अनिवार्य, नेपालमा मेशिन नहुँदा टिकट लिएका यात्रु अन्यौलमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाको जोखिम बढेको भन्दै युनाइटेड अरब इमिरेट्स यूएई सरकारले आफनो देशमा प्रवेश गर्ने यात्रुहरुको लागि विभिन्न शर्तहरु अघि सारेको छ । जसमध्ये नेपालबाट यूएई प्रवेशको लागि प्रस्थानको ४ घण्टाभित्र र्‍यापिड पीसीआर टेस्ट गरी सोको रिपोर्ट विमानस्थलमा अनिवार्य पेश गर्नुपर्ने शर्त अघि सारेपछि टिकट लिएर बसेका कयौं यात्रु अलपत्र परेका छन्।

नेपाल वायु सेवा निगमले हिजो मात्र आफनो विमान मार्फत दुबई जाने सबै यात्रुलाई विमानस्थलमा र्‍यापिड पीसीआर टेस्टको व्यवस्था नभएको र सो व्यवस्था भएपछि मात्र यात्रा गर्न पाइने भएकाले हाललाई सबै उडान बन्द गरिएको भन्दै सूचना जारी गरेको थियो ।

एकाएक यूएई सरकारले यस्तो शर्त राखेपछि यात्रुहरु मारमा परेको बताउँछिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झा । उनले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भनिन, ‘हामीकहाँ र्‍यापिड पीसीआर टेस्ट मेशिन नै छै्न कसरी टेस्ट गर्ने ? । यो टेस्ट रातारात गर्न सकिने पनि हैन । यसका लागि मेशिन ल्याउनु पर्यो त्यही अनुुसार जनशक्ति तयार गर्नुपर्यो । यसका लागि केही समय त चाहिन्छ । आजको भोलि गर्न सकिने नै हैन्।’

उनले दैनिक १ हजारभन्दा बढी नेपालबाट दुबई जाने संख्या देखिएको र दैनिक एक हजारको टेस्ट गर्न सक्ने मेशिनको व्यवस्था गर्न समय लाग्ने बताइन्। डा झा भन्छिन, ‘अन्य देशहरुमा पनि भर्खर शुरु भएको छ यो टेस्ट । उनीहरुको रणनिती नै विभिन्न शर्त राखेर आफनो देशमा यात्रु भित्रिन नदिन खोजेको जस्तो छ ।’

उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले आफूहरुकोमा सो पत्र आएको र अब मेशिन कहाँ पाइन्छ र कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको जनाए । नेपालमा हाल र्‍यापिड पीसीआर टेस्ट मेशिन नभएकाले अब मार्केटमा हेर्नुपर्ने हुन्छ उनले थपे ।

नेपालमा हाल कोरोना भाइरसको टेस्ट रियल टाइम पीसीआर र एन्टिजेन विधिमार्फत मात्र हुँदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार