Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२८ वर्षीया ब्लड क्यान्सर बिरामी बाल कुमारीलाई हिल नेपालको आर्थिक सहयोग

२८ वर्षीया ब्लड क्यान्सर बिरामी बाल कुमारीलाई हिल नेपालको आर्थिक सहयोग

हेल्थ टिभी अनलाइन \काठमाडौं : ब्लड क्यान्सर भएर मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत बाल कुमारी जोगीको उपचारका लागि हिल नेपाल नामक संस्थाले ९३ हजार ३०० रुपैयाँ सहयोग गरेको छ।

केही दिन अघि उनको उपचारको लागि खर्च अभाव भएको भन्दै श्रीमान् खेमबहादुर जोगीले सबैसँग सहयोगको अपिल गरेको समाचार प्रकासन भएपछि उनलाई सहयोग प्रप्त भएको हो।

कतार च्यारीटीको सहयोगमा हिल नेपालले उपलब्ध गराएको उक्त रकम सामाजिक अभियन्ता तथा मिडियाकर्मी बुद्धि कट्टेलमार्फत अस्पतालमै गएर हस्तान्तरण गरिएको थियो।

हिल नेपालका सचिव ईश्वर दुलालले औषधी र उपचार नरोकियोस भनि महंगो रोगको उपचारमा थोरै रकम भए पनि सहयोग गरेको बताए।

क्यान्सर भएकी २८ वर्षीया जोगीको उपचार सुरु भएको र स्वास्थ्य सुधार हुँदै गएको डाक्टरले बताएका छन्। तर अस्पतालमा लामो समय राखेर उपचार गर्नु पर्ने रोग भएको र आफन्तसँग ऋण गरेर ल्याएको पैसा सकिएकोले अब उपचार कसरी गर्ने भन्ने दुविधामा आफू रहेको खेम बहादुरले बताएका थिए।

कटारी  १३, मयाँखु, उदयपुरका खेमबहादुर दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । असारको अन्तिम साता बाल कुमारीको दाँतबाट रगत आयो भनेपछि काठमाडौं बोलाई बसुन्धराको कान्तिपुर डेन्टल कलेजमा उपचार गराउन लगेका थिए। शरीरमा सेतो रक्तकोषको पनि कमि देखिए पछि क्यान्सर पनि हुनसक्छ भन्दै निजामती अस्पतालमा पठाउँदा २८ वर्षीया जोगीलाई ब्लड क्यान्सर देखिएको थियो। उनको साउन एक गते देखि सोहि अस्पतालमा उपचार भइरहेको छ।

थप सहयोग गर्न चाहनेले ९८६३८७९९३४ नम्बरमा फोन गरेर वा माछापुच्छ्रे बैकको खाता नं ०४४०९३३७७९७०१३५२ खेम बहादुर जोगीका नाममा बैंकमा रकम जम्मा गरेर पनि सहयोग गर्न सक्नु हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार