पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९ हजार १२३ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ३५ संक्रमितको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १५० पुगेको छ । यसैगरी गत २४ घण्टामा २१ सय १५ जना डिस्चार्ज भएका छन्।
हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा