Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौंमा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा बिहिबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने भएको छ ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहररुको बैठकले उक्त निर्णय गरेको हो । आज बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपत्यकामा निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने निर्णय गरेको हो ।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने सवारीसाधनलाई भने सञ्चालनमा रोक लगाइने छैन्।

प्रशासनले यसअघि थपेको निषेधाज्ञा भोलि राति सकिंदै थियो । सरकारले गत वैशाख १६ गतेदेखि कोरोना संक्रमणको जोखिम घटाउनका लागि निषेधाज्ञा लगाउँदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार