काठमाडौंमा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा बिहिबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने भएको छ ।
मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहररुको बैठकले उक्त निर्णय गरेको हो । आज बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपत्यकामा निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने निर्णय गरेको हो ।
अत्यावश्यक सेवा अन्तर्गत पर्ने सवारीसाधनलाई भने सञ्चालनमा रोक लगाइने छैन्।
प्रशासनले यसअघि थपेको निषेधाज्ञा भोलि राति सकिंदै थियो । सरकारले गत वैशाख १६ गतेदेखि कोरोना संक्रमणको जोखिम घटाउनका लागि निषेधाज्ञा लगाउँदै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा