Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर महानगरमा कोभिशिल्डको दोस्रो डोज साउन २८ र २९ गते

भरतपुर महानगरमा कोभिशिल्डको दोस्रो डोज साउन २८ र २९ गते

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुर महानगरपालिकामा कोरोना विरुद्धको कोभिशिल्ड पहिलो डोज लगाएका व्यक्तिहरुलाई साउन २८ र २९ गते दोस्रो डोज दिइने भएको छ ।

भरतपुर महानगरले आज विज्ञप्ति जारी गर्दै यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई यही साउन २८ र २९ गते दोस्रो डोज दिन लागिएको जनाएको हो । गत फागुन २३ देखि चैत ३ गतेसम्मको अभियानमा पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई जापान र भुटानबाट सहयोग स्वरुप आएको एस्ट्राजेनेका खोप दिन लागिएको हो । यी दुबै खोप एकै प्रकृतिका हुन्।

खोप लगाउन आफूले यसअघि लगाएको खोप कार्ड लिएर बिहान १० बजेदेखि ४ बजेसम्म तोकिएको खोप केन्द्रमा जान सबैलाई आग्रह गरिएको छ ।

यसैगरी साउन ११ देखि १३ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ १ देखि ३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार