काठमाडौंमा आज पनि कोभिशिल्ड लगाएकालाई दोस्रो डोज दिइँदै, नजिकको खोप केन्द्रमा गएर लगाउन सकिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा यसअघि कोरोना विरुद्धको कोभिशल्ड खोप पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा दिइँदैछ ।
सरकारले ५ महिनाअघि कोभिशिल्ड खोप दिएका नागरिकलाई अहिले दोस्रो मात्रा दिन लागेको हो । । हिजोबाट सुरु भएको खोप अभियान काठमाडौंमा आजसम्म जारी रहने काठमाडौं महानगरले जनाएको छ ।
भारतको सिरम इन्स्टिच्युटले बनाएको कोभिशल्ड खोप समयमै नआएपछि झण्डै १३ लाख जेष्ठ नागरिकले पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन पाएका थिएनन्। भुटान सरकारले झण्डै ३ लाख र जापान सरकारले १६ लाख कोभिशिल्डसँग मिल्ने एस्ट्राजेनेका खोप सहयोग गरेपछि अहिले आएर उनीहरुलाई दोस्रो डोज दिन लागिएको हो ।
अन्य जिल्लाहरुमा पनि यो अभियान सुरु भएको छ । स्थानीय तहले जनसंख्याको आधारमा कति दिन लगाउने भन्ने विषयमा भने आफै निर्णय गर्न सक्नेछन्। यो खोप लगाउन आफूलाई पायक पर्ने जुनसुकै खोप केन्द्रमा जान सकिन्छ । पहिले लगाएकै खोप केन्द्रमा जान पर्दैन् । तर त्यसका लागि पहिले खोप लगाएको कार्ड भने अनिवार्य देखाउनुपर्ने हुन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा