Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा आज पनि कोभिशिल्ड लगाएकालाई दोस्रो डोज दिइँदै, नजिकको खोप केन्द्रमा गएर लगाउन सकिने

काठमाडौंमा आज पनि कोभिशिल्ड लगाएकालाई दोस्रो डोज दिइँदै, नजिकको खोप केन्द्रमा गएर लगाउन सकिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा यसअघि कोरोना विरुद्धको कोभिशल्ड खोप पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा दिइँदैछ ।

सरकारले ५ महिनाअघि कोभिशिल्ड खोप दिएका नागरिकलाई अहिले दोस्रो मात्रा दिन लागेको हो । । हिजोबाट सुरु भएको खोप अभियान काठमाडौंमा आजसम्म जारी रहने काठमाडौं महानगरले जनाएको छ ।

भारतको सिरम इन्स्टिच्युटले बनाएको कोभिशल्ड खोप समयमै नआएपछि  झण्डै १३ लाख जेष्ठ नागरिकले पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन पाएका थिएनन्। भुटान सरकारले झण्डै ३ लाख र जापान सरकारले १६ लाख कोभिशिल्डसँग मिल्ने एस्ट्राजेनेका खोप सहयोग गरेपछि अहिले आएर उनीहरुलाई दोस्रो डोज दिन लागिएको हो ।

अन्य जिल्लाहरुमा पनि यो अभियान सुरु भएको छ । स्थानीय तहले जनसंख्याको आधारमा कति दिन लगाउने भन्ने विषयमा भने आफै निर्णय गर्न सक्नेछन्। यो खोप लगाउन आफूलाई पायक पर्ने जुनसुकै खोप केन्द्रमा जान सकिन्छ । पहिले लगाएकै खोप केन्द्रमा जान पर्दैन् । तर त्यसका लागि पहिले खोप लगाएको कार्ड भने अनिवार्य देखाउनुपर्ने हुन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार