Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

थप ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा देशभर गत २४ घण्टामा १६ हजार ५९४ जनाको नमुना परीक्षण गरिएकोमा ३६ सय ५१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता यहीवीच १७ सय ८४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

आज मृत्यु भएका संक्रमितसहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ११५ पुगेको छ ।

हाल देशभर ३६ हजार २८८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३८१ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। उता आइसीयूमा उपचार गराउने संक्रमितको संख्या ७४१ रहेको छ । यसैगरी १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार