थप ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा देशभर गत २४ घण्टामा १६ हजार ५९४ जनाको नमुना परीक्षण गरिएकोमा ३६ सय ५१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता यहीवीच १७ सय ८४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
आज मृत्यु भएका संक्रमितसहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ११५ पुगेको छ ।
हाल देशभर ३६ हजार २८८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३८१ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। उता आइसीयूमा उपचार गराउने संक्रमितको संख्या ७४१ रहेको छ । यसैगरी १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा