Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिउँडाेमा मास्क : मास्क लगाउँदा यस्ता गल्ती नगरौं

चिउँडाेमा मास्क : मास्क लगाउँदा यस्ता गल्ती नगरौं

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले शनिबारदेखि देशभर नेपाल मास्क अभियान सञ्चालन गरेको छ । मास्कको अनिवार्य र उचित प्रयोगकाबारेमा जनचेतना जगाउन उक्त सप्ताहव्यापी अभियान चलाइएको हो । यति बेला कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क लगाउनु अनिवार्य जस्तै भएको छ । अहिले धेरै जनाले मास्कको प्रयोग त गरेको पाइन्छ तर पनि केही व्यक्तिहरुले भने यसको सही प्रयोग गर्न नजान्दा वा गल्ती गर्दा यो लगाउनु र नलगाउनु उस्तै हुने गरेको छ । अर्थात मास्क लगाए पनि संक्रमणको जोखिम कायमै हुने गरेको छ ।

मास्क लगाउँदा बारम्बार गरिने गल्तीहरु : 

गल्ती नं १ – मास्क लगाएपछि बारम्बर हातले छोइरहने – हामी धेरै जनाले मास्क लगाउपछि यता उता चलाउने सार्ने तथा छोइरहने गर्ने गर्छौ । यसो गर्दा झनै हातमा भाइरस भए यो सजिलै प्रवेश गर्न सक्छ । अर्को कुरा हामी अरुले लगाएको मास्क कति राम्रो भन्दै छुन पनि खोज्छौं । यस्तो पनि गर्नु हुँदैन् ।

गल्ती नं २ – कुरा गर्दा मास्क खोल्ने बानी –  हामी धेरै जनाले मास्क लगाइरहेका बेला कोही भटिए भने मास्क खोलेर मात्र कुरा गर्न थाल्छौं । यस्तो गर्दा मास्क लगाउनुको कुनै अर्थ नै हुँदैन ।

गल्ती नं ३-  मास्कले सास फेर्न गाह्राे भयो भनेर चिउँडोमा राख्नु – मास्क लगाउँदा अप्ठेरो भए पनि यसलाई घरिघरि यताउता लगाउन हुँदैन । यसले जोखिम बढाउँछ ।
गल्ती नं ४ – राम्रो देखिने मास्क हैन गुणस्तरीय मास्कको प्रयोग गरौं । मास्कको प्रयोगले आफूलाई मात्र हैन आफनो वरपरका मानिसलाई पनि कोरोना संक्रमणबाट बच्न मद्दत गर्छ । मास्क लगाउनु र खोल्नुअघि हरेकपटक सेनिटाइजरले हातको सफाई गर्न जरुरी हुन्छ भने सकेसम्म एकपटक लगाएको मास्क डिस्पोजेबल हो भने लगाउन हुँदैन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार