Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज दिइँदै

कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज एस्ट्राजेनेका खोप लगाइँदैछ ।

६ महिना अघि कोभिशिल्डको पहिलो खोप लगाएका १३ लाख भन्दा बढी ६५ वर्ष माथिका जेष्ठ नागरिकले सो खोप भारतले नपठाएपछि दोस्रो डोज लगाउन पाएका थिएनन। अब भने भुटान सरकारले झण्डै ३ लाख र जापान सरकारले १६ लाख कोभिशिल्डसँग मिल्ने एस्ट्राजेनेका खोप सहयोग गरेपछि अहिले जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज दिन लागिएको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जनाए ।

। चैत महिनामा भारतको सिरम इन्स्टिच्युटले बनाएको कोभिशिल्ड खोपको पहिलो मात्रा जेष्ठ नागरिकलाई दिइएको थियो । तर पछि भारतमै खोपको अभाव हुन थालेपछि उक्त खोप पठाएको थिएन । दोस्रो मात्रा १२ देखि १६ सातामा लगाउनुपर्ने भनिएको भए पनि खोप उपलब्ध नभएपछि दोस्रो डोज लगाउन ढिलाई भएको हो ।

दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने जनाइएको छ । खोप अभियान देशभर चल्नेछ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार