कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज एस्ट्राजेनेका खोप लगाइँदैछ ।
६ महिना अघि कोभिशिल्डको पहिलो खोप लगाएका १३ लाख भन्दा बढी ६५ वर्ष माथिका जेष्ठ नागरिकले सो खोप भारतले नपठाएपछि दोस्रो डोज लगाउन पाएका थिएनन। अब भने भुटान सरकारले झण्डै ३ लाख र जापान सरकारले १६ लाख कोभिशिल्डसँग मिल्ने एस्ट्राजेनेका खोप सहयोग गरेपछि अहिले जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज दिन लागिएको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जनाए ।
। चैत महिनामा भारतको सिरम इन्स्टिच्युटले बनाएको कोभिशिल्ड खोपको पहिलो मात्रा जेष्ठ नागरिकलाई दिइएको थियो । तर पछि भारतमै खोपको अभाव हुन थालेपछि उक्त खोप पठाएको थिएन । दोस्रो मात्रा १२ देखि १६ सातामा लगाउनुपर्ने भनिएको भए पनि खोप उपलब्ध नभएपछि दोस्रो डोज लगाउन ढिलाई भएको हो ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने जनाइएको छ । खोप अभियान देशभर चल्नेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा