Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पछिल्लो २४ घण्टामा ५५ संक्रमितको मृत्यु, २५४८ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५५ संक्रमितको मृत्यु, २५४८ नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २५ सय ४८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको छ । योसहित अब कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार९३ पुगेको छ । उता यहीवीच २ हजार २९ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गरिएको थियो । हाल देशभर ३५ हजार ४८५ सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ८०२ जनाको आइसीयूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार