Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर ३५ हजार सक्रिय संक्रमित, ९१५ जना आइसीयू र भेन्टिलेटरमा

देशभर ३५ हजार सक्रिय संक्रमित, ९१५ जना आइसीयू र भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर हाल ३५ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म देशभर ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन्। यी मध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४०५ जना भने संस्थागत आइसोलेसनमा रहेका छन् ।

उता सक्रिय संक्रमितमध्ये ७४६ जनाको आइसीयूमा र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर हालसम्म १० हजार ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उता कोरोना पुष्टि हुनेको संख्या भने ७ लाख ८० हजार ८०७ पुगेको छ , यीमध्ये ६ लाख ६७ हजार २७० जना भने संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९३ दशमलब ६ प्रतिशत रहेको छ । साथै मृत्युदर भने १ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर ४४ लाख ४२ हजार ६२२ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् भने पूर्ण खोप पाउनेको संख्या २३ लाख ५९ हजार ७९३ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार