देशभर ३५ हजार सक्रिय संक्रमित, ९१५ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर हाल ३५ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म देशभर ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन्। यी मध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४०५ जना भने संस्थागत आइसोलेसनमा रहेका छन् ।
उता सक्रिय संक्रमितमध्ये ७४६ जनाको आइसीयूमा र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर हालसम्म १० हजार ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उता कोरोना पुष्टि हुनेको संख्या भने ७ लाख ८० हजार ८०७ पुगेको छ , यीमध्ये ६ लाख ६७ हजार २७० जना भने संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९३ दशमलब ६ प्रतिशत रहेको छ । साथै मृत्युदर भने १ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर ४४ लाख ४२ हजार ६२२ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् भने पूर्ण खोप पाउनेको संख्या २३ लाख ५९ हजार ७९३ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित