Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘मोटरसाइकल चलाउनुअघि हेल्मेट लगाए जस्तै घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क लगाऔं’

‘मोटरसाइकल चलाउनुअघि हेल्मेट लगाए जस्तै घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क लगाऔं’

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले मास्क लगाउनु भनेको आफूलाई संक्रमणबाट जोगाउनु रहेको भन्दै मोटरसाइकल चलाउनुअघि हेल्मेट लगाए जस्तै घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने बताएका छन्।

उनले आज सुरु भएको नेपाल मास्क अभियानको शुभारम्भ कार्यक्रममा उक्त कुरा बताएका हुन्। कार्यक्रममा उनले हामीले जसरी गाडी चलाउनुअघि सिट बेल्ट बाँध्न र मोटरसाइकल चलाउनुअघि हेल्मेट लगाउन बिर्सदैनौं त्यसैगरी कोभिडबाट बच्न अनिवार्य मास्क लगाउन पनि बिर्सन नहुने जिकीर गरे। उनले मास्क लगाउनु आफूलाई मात्र सुरक्षित राख्नु नभई आफनो कार्यालय, घर परिवार, समूदायलाई पनि सुरक्षित राख्नु भएको जिकीर गरे ।

सरकारले आजबाट मास्कको उचित प्रयोगले मात्र पनि धेरै हदसम्म कोरोना संक्रमण रोकथाम र नियन्त्रण हुने भन्दै सप्ताहव्यापी अभियान सुरु गरेको छ । यो अभियानको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले गरेका थिए ।

यो एक साताभरी मास्कको प्रयोग, यसको व्यवस्थापन साथै यसले कसरी संक्रमण रोक्न सहयोग पुग्छ भन्ने विषयमा छलफल र विभिन्न गतिविधिहरु हुने बताइएको छ ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले झन्झट नमानी मास्कको प्रयोग उचित रुपमा गर्न र अरुलाई पनि यसको प्रयोग गर्न प्रेरित गर्न सबैलाई आग्रह समेत गरिन्। उनले यो विशेष अभियान एक साताको भए पनि कोभिड रहुन्जेल मास्कको प्रयोग गर्न छोड्न नहुने समेत जनाइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार