Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ५७३ जनाको परीक्षण गर्दा थप ३२ सय १८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ । उता गत २४ घण्टामा १७ सय २२ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल ७४६ जना संक्रमितको आइसीयूमा र १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशभर ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार