शुक्रबार काठमाडौंमा ६८ हजार १३ जनाले लगाए भेरोसेलको दोस्रो मात्रा खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रबार काठमाडौंमा कोरोना विरुद्धको भेरोसेल खोप लगाउनेको संख्या ६८ हजार १३ रहेको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंमा हिजो भेरोसेलको दोस्रो मात्रा लगाउने पहिलो दिन ६८ हजार १३ जनाले खोप लगाएका हुन्। यसअघि भेरोसेलको पहिलो डोज लगाएर २१ दिन पुगेका व्यक्तिहरुलाई खोपको दोस्रो मात्रा दिने काम शुक्रबारबाट सुरु गरिएको हो । तीन दिनमा १ लाख ६५ हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ भने पहिलो दिन जम्मा ४१ प्रतिशतले खोप लगाएका छन्।
उक्त खोप अभियान काठमाडौंका ३२ वटै वडाका खोप केन्द्रबाट सुरु गरिएको छ भने वीर, सिभिल, त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालमा पनि अत्यावश्यक सेवाका कर्मचारीका लागि खोप केन्द्र राखिएको छ ।
खोप बिहान १० देखि ५ बजेसम्म चल्नेछ । खोप लगाउन जाँदा यसअघि खोप लगाएको कार्ड र अनलाइन दर्ता गरी उक्त नम्बर अनिवार्य देखाउनुपर्ने खड्काले जनाए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा