Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शुक्रबार काठमाडौंमा ६८ हजार १३ जनाले लगाए भेरोसेलको दोस्रो मात्रा खोप

शुक्रबार काठमाडौंमा ६८ हजार १३ जनाले लगाए भेरोसेलको दोस्रो मात्रा खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रबार काठमाडौंमा कोरोना विरुद्धको भेरोसेल खोप लगाउनेको संख्या ६८ हजार १३ रहेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंमा हिजो भेरोसेलको दोस्रो मात्रा लगाउने पहिलो दिन ६८ हजार १३ जनाले खोप लगाएका हुन्। यसअघि भेरोसेलको पहिलो डोज लगाएर २१ दिन पुगेका व्यक्तिहरुलाई खोपको दोस्रो मात्रा दिने काम शुक्रबारबाट सुरु गरिएको हो । तीन दिनमा १ लाख ६५ हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ भने पहिलो दिन जम्मा ४१ प्रतिशतले खोप लगाएका छन्।

उक्त खोप अभियान काठमाडौंका ३२ वटै वडाका खोप केन्द्रबाट सुरु गरिएको छ भने वीर, सिभिल, त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालमा पनि अत्यावश्यक सेवाका कर्मचारीका लागि खोप केन्द्र राखिएको छ ।

खोप बिहान १० देखि ५ बजेसम्म चल्नेछ । खोप लगाउन जाँदा यसअघि खोप लगाएको कार्ड र अनलाइन दर्ता गरी उक्त नम्बर अनिवार्य देखाउनुपर्ने खड्काले जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार