१५ जना वरिष्ठ महिला चिकित्सक राष्ट्रपतिबाट सम्मानित
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय तथा अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका १५ जना नेपाली महिला वरिष्ठ चिकित्सकलाई सम्मान गरिएको छ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकावीच उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्मान गरेकी हुन्।
नेपाल चिकित्सक संघले ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रम अन्तर्गत उनीहरुलाई सम्मान गर्ने कार्यक्रम बनाएको हो । जस अनुसार उक्त सम्मान आज राष्ट्रपति भण्डारीमार्फत गरिएको छ । महिला चिकित्सकका लागि छुट्टै गरिएको यस्तो सम्मान संघले पहिलोपटक गरेको र यसलाई अबदेखि प्रत्येक वर्ष निरन्तरता दिइने जनाइएको छ ।
सम्मानित हुने वरिष्ठ चिकित्सकहरुमा प्राडा दिव्या श्री मल्ल, प्राडा रिता थापा, प्राडा सरस्वती पाध्ये, प्राडा दिव्या सिंह शाह, प्राडा आशा थापा, प्राडा संगीता भण्डारी, प्राडा चन्दा कार्की भण्डारी, प्राडा सानुमैयाँ डली, प्राडा अचला वैद्य, प्राडा सुधा अग्रवाल, प्राडा किरण रेग्मी, प्राडा तारा मानन्धर, प्राडा सुधा शर्मा, डा राधा शाह र डा कुसुम थापा
रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित