Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, सक्रिय संक्रमित ३५ हजार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, सक्रिय संक्रमित ३५ हजार

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २५ जना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिन यता कोरोनाबाट हुने मृत्यु र संक्रमण दुबै बढेको पाइन्छ ।

यसैगरी आज देशभर थप ३७ सय २९ जना नयाँ संक्रमित थपिएको र १८ सय ८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ । यीमध्ये ७३२ जना आइसीयूमा उपचाररत छन् भने १५८ जना भेन्टिलेटरमा रहेका छन्।

नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर १ दशमलब ५ प्रतिशत रहेको छ भने निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार