डा गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : डा गोविन्द केसीले फेरि एकपटक अनसन बस्ने चेतावनी दिएका छन्। डा केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तुरुन्त हटाउनुपर्ने लगायतका माग राखेका छन्। उनले आज पाँच बुँदे माग अघि सार्दै ती मागहरु पूरा नभए आगामी भदौ ३ गतेदेखि अनसन सुरु गर्ने चेतावनी दिएका हुन्। ।
निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा केसीले विरोध जनाएका हुन्। । उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग समेत राखेका छन् ।
उनले वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका दोषी पदाधिकारीलाई कारवाही गर्नुपर्ने माग समेत राखेका छन्। यसैगरी चिकित्सा शिक्षा ऐन संसोधन गर्दा उपाध्यक्षलाई नै कार्यकारी सबै अधिकार दिनुपर्ने माग समेत अघि सारेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा