आजबाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएर २१ दिन पुगेका व्यक्तिहरुलाई दोस्रो डोज दिने भएको छ ।
काठमडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काका अनुसार काठमाडौंमा सबै वडाका खोप केन्द्रबाट खोप लगाइने भएको छ भने अत्यावश्यक सेवाका कर्मचारीका लागि भने वीर, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, प्रसुती गृह,नेपाल मेडिकल कलेज खोप केन्द्र तोकिएको छ ।
धेरै भिडभाड नहोस भनेर यसरी केन्द्रहरु तोकिएको खड्काले जनाएका छन्। असार २९ गतेदेखि सुरु भएको खोप अभियानमा पहिलो डोज लगाएका सबैलाई दोस्रो डोज दिइनेछ ।
यसरी खोप लगाउन आउनेले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड ल्याउनुपर्नेछ भने अनलाइन फाराम भरेर त्यसको दर्ता नम्बर पनि देखाउनुपर्नेछ ।खोप कार्यक्रम बिहान १० बजेदेखि ५ बजेसम्म चल्नेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा