पछिल्लो २४ घण्टामा ३७ जनाको कोरोनाबाट मृत्यु, ३ हजार ९३८ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केही दिन यता कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ९३८ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी २ हजार १२ जना भने संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९९४ पुगेको छ । नेपालमा कोरोनाबाट हुने मृत्युदर १ दशमलब ५ प्रतिशत रहेको छ । यसैगरी निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा