कोरोनाका कारण अनाथ बनेका बालबालिकाको लागि सरकारको विशेष योजना
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमणबाट बाबुआमा गुमाएर अनाथ बनेका बालबालिकाका लागि विशेष योजना ल्याइएको छ ।
भारत सरकारले यसरी आमा बाबु गुमाएका १८ वर्षसम्म बालबालिकाको जिम्मा सरकारले लिने र उनीहरुको ५ लाखसम्मको स्वास्थ्य बीमा समेत गर्ने भएको छ ।
यो कुराको जानकारी त्यहाँका केंद्रीय खेल एवम युवा मन्त्री अनुराग ठाकुरले ट्वीट गर्दै जानकारी दिएका हुन्। उनीहरुलाई विशेष अवस्थाका बालबालिकामा राखेर सरकारले आयुष्मान भारत योजना अन्तर्गत सहयोग गर्ने जनाइएको छ । उनीहरुको बीमाको प्रिमियम पीएम केयर फण्ड मार्फत जम्मा हुनेछ ।
भारतमा कोरोना संक्रमणबाट आमाबाबु दुबै गुमाएर अनाथ हुने बालबालिकाको संख्या बढिरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा