साउन २३ गतेदेखि सप्ताहव्यापी ‘मास्क अभियान’ सुरु गर्दै सरकार
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही साउन २३ गतेदेखि सप्ताहव्यापी बृहत मास्क अभियान सुरु गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका रहने मास्कको प्रयोग अनिवार्य गर्न र गराउनका लागि यो अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन्।
उनले कोरोना संक्रमण भएपछि उपचार गर्ने भन्दा पनि यसलाई हुनै नदिनका लागि जनस्वास्थ्यको मापदण्ड मास्क लगाउने, सामाजिक दूरी कामयम गर्ने र सेनिटाइजरको प्रयोग गर्नु नै उत्तम उपाय भएकाले अहिलेलाई मास्क अनिवार्य लगाउनुपर्छ भन्दै मास्क अभियान सुरु गर्न लागेको जनाए ।
यो सप्ताहव्यापी अभियानमा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुसँग म मास्क लगाउँछु र तपाइँ पनि मास्क लगाउनुस भन्ने प्रतिवद्धता लिइनेछ । साताव्यापी कार्यक्रम गरेर सिम्बोलिक रुपमा मास्कको प्रयोगको महच्व बुझाउन खोजिएको डा अधिकारीले जनाए । यो अभियान साउन २३ देखि २९ गतेसम्म जारी रहनेछ । यसमा मास्क किन लगाउने ? मास्कको सही प्रयोग कसरी गर्ने यसको व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ ।
कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने र यो लगाउनु मेरो कर्तव्य हो भन्ने कुरा सबैले बुझ्न जरुरी भएको भन्दै यो अभियानमा सबैलाई सरिक हुन उनले आग्रह समेत गरेका छन्।
‘महामारी नियनत्रण र रोकथाममा मेरो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता । म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु । म जिम्मेवार नेपाली’ भन्ने नाराका साथ अभियान सुरु हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण