स्वास्थ्य सेवा विभागका महानिर्देशक बिच्छाले गरे पदबहाली
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा आरपी बिच्छाले आज पदबहाली गरेका छन्।
विभाग पुगेर आज दिउँसो उनले पदबहाली गरेका हुन्। सरकारले उनलाई मंगलबार विभागको महानिर्देशक पदमा नियुक्त गरेको हो ।
यसअघि डा दिपेन्द्ररमण सिंह महानिर्देशक थिए । डा सिंहलाई भने स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
मंगलबार नै सरकारले कोभिड युनिफाइड केन्द्रिय अस्पतालका प्रमुख डा जागेश्वर गौतमलाई हटाइ डा भुपेन्द्र बस्नेतलाई प्रमुखमा नियुक्त गरेको थियो । डा बस्नेतले हिजो नै पदबहाली गरिसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा