Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विदेश जाने नेपाली नागरिकलाई आजबाट क्यूआर कोडसहितको खोप प्रमाण पत्र दिइने

विदेश जाने नेपाली नागरिकलाई आजबाट क्यूआर कोडसहितको खोप प्रमाण पत्र दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : विदेश जाने नेपाली नागरिकहरुलाई आजबाट क्यूआर कोडसहितको खोप प्रमाण पत्र दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजबाट खोप लगाएको प्रमाणपत्र क्यूआर कोड सहितको दिने जनाएको छ ।

मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले तालिम केन्द्रबाट साउन २० बुधबारबाट विद्युतीय प्रमाणपत्र  क्यूआर कोर्डसहितको  उपलब्ध गराउने निर्णय गरेको हो।

विज्ञप्तिमा यो सेवालाई अहिले काठमाडौंमा मात्र भए पनि विस्तारै अन्य जिल्लाहरुमा शुरु गरिने उल्लेख छ । खोपको मात्रा पूरा गरेका सबै नागरिकलाई क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराइने समेत मन्त्रालयले जनाएको छ ।

यसअघि खोप कार्ड प्रमाणीकरण गर्न टेकु अस्पतालमा मात्र भिड लाग्ने गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार