विदेश जाने नेपाली नागरिकलाई आजबाट क्यूआर कोडसहितको खोप प्रमाण पत्र दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : विदेश जाने नेपाली नागरिकहरुलाई आजबाट क्यूआर कोडसहितको खोप प्रमाण पत्र दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजबाट खोप लगाएको प्रमाणपत्र क्यूआर कोड सहितको दिने जनाएको छ ।
मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले तालिम केन्द्रबाट साउन २० बुधबारबाट विद्युतीय प्रमाणपत्र क्यूआर कोर्डसहितको उपलब्ध गराउने निर्णय गरेको हो।
विज्ञप्तिमा यो सेवालाई अहिले काठमाडौंमा मात्र भए पनि विस्तारै अन्य जिल्लाहरुमा शुरु गरिने उल्लेख छ । खोपको मात्रा पूरा गरेका सबै नागरिकलाई क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराइने समेत मन्त्रालयले जनाएको छ ।
यसअघि खोप कार्ड प्रमाणीकरण गर्न टेकु अस्पतालमा मात्र भिड लाग्ने गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण