Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं प्रशासनले भन्यो-अस्पताल संक्रमितले भरिन थाले, सभा-सम्मेलन जुलुस गर्न बन्द गरौं

काठमाडौं प्रशासनले भन्यो-अस्पताल संक्रमितले भरिन थाले, सभा-सम्मेलन जुलुस गर्न बन्द गरौं

हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यता काठमाडौंमा कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले भिडभाड गर्ने कार्य बन्द गर्न अपिल गरेको छ ।

काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिम भएकै बेला सभा, जुलुस, गोष्ठी, र्याली जस्ता भिडभाड बढी हुने गतिविधि बढेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गरेर जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सबैलाई आग्रह गरेका हुन् ।

काठमाडौंका अस्पतालमा आइसीयू एवम भेन्टिलेटर संक्रमितले भरिन थालेको भन्दै यही क्रम जारी रहे तेस्रो लहर आउनसक्ने भन्दै जनस्वास्थ्य मापदण्ड विपरितका कार्य नगर्न प्रशासनले अपिल गरेको छ ।

काठमाडौंमा पछिल्लो समय कोरोना संक्रमणदर र मृत्युदर दुबै उच्च रुपमा बढिरहेको छ । मानिसहरुले कोरोना संक्रमणको खासै ख्याल गर्न छोडेको देखिन्छ । जसले गर्दा भिडभाड हुने कार्यक्रम, भोज, भतेर सभा सम्मेलन भइरहेका छन्।

विज्ञहरूले यसरी नै वेवास्ता गर्ने हो भने छिट्टै कोरोनाको तेस्रो लहर आउने सक्ने चेतावनी दिंदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार