Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा भुपेन्द्र बस्नेत नियुक्त

कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा भुपेन्द्र बस्नेत नियुक्त

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले डा भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रिय वीर अस्पतालको प्रमुखमा नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले आज बस्नेतलाई कोभिड युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरेको बताए । उनले भने, ‘हो डा भुपेन्द्रलाई कोभिड अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ ।’ स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले बस्नेतलाई उक्त जिम्मेवारी दिएका हुन्।

सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड अस्पतालका प्रमुख डा जागेश्वर गौतमलाई हटाएर ट्रमा सेन्टरमा कार्यरत डा रुद्र मरासनीलाई जिम्मेवारी दिने निर्णय गरेका थिए। तर प्रधानमन्त्री देउवाले सो निर्णय रोक्न मन्त्रालयलाई निर्देशन दिएपछि सो सरुवा रोकिएको हो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार