कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा भुपेन्द्र बस्नेत नियुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले डा भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रिय वीर अस्पतालको प्रमुखमा नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले आज बस्नेतलाई कोभिड युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरेको बताए । उनले भने, ‘हो डा भुपेन्द्रलाई कोभिड अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ ।’ स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले बस्नेतलाई उक्त जिम्मेवारी दिएका हुन्।
सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड अस्पतालका प्रमुख डा जागेश्वर गौतमलाई हटाएर ट्रमा सेन्टरमा कार्यरत डा रुद्र मरासनीलाई जिम्मेवारी दिने निर्णय गरेका थिए। तर प्रधानमन्त्री देउवाले सो निर्णय रोक्न मन्त्रालयलाई निर्देशन दिएपछि सो सरुवा रोकिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा