प्रधानमन्त्री देउवाले रोके डा जागेश्वरसहित ४ जनाको सरुवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले तत्कालका लागि कोभिड युनिफाइड केन्द्रिय अस्पतालमा प्रमुख डा जागेश्वर गौतमसहित ४ जनाको सरुवा रोकेका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्री स्तरीय निर्णय गर्दै ४ जना विशिष्ट कर्मचारीको जिम्मेवारी हेरफेर गरेका थिए ।
श्रेष्ठले कुनै पनि परामर्श नगरी नियुक्ति गरेकाले तत्काललाई सरुवा कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्री श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमलाई प्रसुती गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत डा रुद्र मरासिनीलाई सो पदमा नियुक्त गरेका थिए । यसैगरी मन्त्रीले सार्क क्षयरोग केन्द्रका प्रमुख डा विवेकलाल कर्णलाई मन्त्रालयको समन्वय शाखामा सरुवा गरेका थिए ।
यसैगरी लामो समयदेखि मन्त्रालयमा फाजिलमा रहेकी रिता जोशीलाई डा विवेकलालकाे ठाउँमा सार्क क्षयरोग केन्द्रमा पठाइएको थियो । अब भने यी सबै सरुवा हाललाई रोकिएको मन्त्रालय स्रोत बताउँछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा