नेपालमा कोरोना विरुद्धको थप खोप : कहाँबाट कति आउँदैछ ?
चैतसम्म सबै नागरिकलाई खोप दिने सरकारको लक्ष्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज कोरोना विरुद्धको खोप आइसकेको छ भने चाँडै ठूलो मात्रामा खोप आउने कुरा बताइएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चैत महिनासम्म सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने दावी गरेका छन्। यसका लागि उनले ५ करोड भन्दा बढी डोज खोप चैतसम्म नेपाल भित्रि सक्ने पनि जनाएका छन्।
यो खोप कहाँबाट कसरी आउँदैछ भन्ने विषयमा धेरैको चासो रहेको छ । मन्त्री श्रेष्ठका अनुसार असोजसम्म जापान सरकारले अनुदानमा दिने भनेको १६ लाख एष्ट्राजेनिका खोप, चीनले दिने भनेको १६ लाख भेरोसेल खोप आउने छ । यसैगरी चीन सरकारसँग खरिद गरिएको थप ६० लाख भेरोसेल खोप र भारतले दिन बाँकी १० लाख डोज कोभिशिल्ड खोप पनि आउने मन्त्री श्रेष्ठले जनाएका छन्।
उनका अनुसार असोजसम्म सबै गरेर १ करोड २ लाख डोज कोरोना विरुद्धको खोप नेपाल आइपुग्नेछ ।
उता माघ महिनासम्म मोर्डनाको ४० लाख खोप कोभ्याक्स सुविधा अन्तर्गत आउनेछ भने १ करोड १० लाख थप डोज कोभ्याक्स अन्तर्गत आउने बताइएको छ । यसैगरी ६० लाख फाइजरको खोप पनि आइपुग्ने छ जुन १२ देखि १८ वर्षका बालबालिकालाई लगाउन सकिन्छ । उता कोभ्याक्सबाट थप १ करोड १३ लाख खोप आउने बताइएको छ ।
यी सबै खोप समयमै आयो भने सबै नागरिकले चैतसम्म खोप लगाउन पाउने बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा