Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यूएनएफपिएद्वारा सरकारलाई ८ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

यूएनएफपिएद्वारा सरकारलाई ८ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

हेल्थ टिभी अनलाइन \काठमाडौं : संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिंदै थप जीवनरक्षक सामग्री प्रदान गरेको छ । नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले आज रु १ करोड १९ लाख ( १ लाख अमेरिकी डलर)  मुल्य बराबरको ८०० थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई हस्तान्तरण गरेकी छिन्।

नेपालको कोभिड–१९ प्रतिकार्यका लागि यूएनएफपिएबाट प्राप्त सहयोग नेपाल सरकार, चीन सरकार र युएनएफपीएबीचको विद्यमान दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको हो ।

यी सामान लिने क्रममा निर्देशक डा टिंकरीले कोभिड १९ विरुद्धको लडाइँमा चीन सरकार र यूएनएफपिएको यो सहयोगले अस्पतालमा अक्सिजन आपूर्ति सहज हुने र बिरामीले ठूलो राहत महशुस गर्ने जनाए । उनले यो विषम परिस्थितीमा अन्तराष्ट्रिय विकास साझेदारहरुले गरेको सहयोगका लागि धन्यवाद समेत दिए ।

प्रजनन उमेरका महिलाहरु तथा किशोरीहरुको विशेष र निश्चित आवश्यकताहरु सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि यूएनएफपिएले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरु र साझेदारहरुसँग काम गरिरहेको छ । ‘यो महत्वपूर्ण समयमा जीवन बचाउनका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद’, यूएनएफपिए नेपालकी प्रतिनिधि लुब्ना बाकीले भनिन।

यूएनएफपिएले यसभन्दा अघि पनि नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरी कोभिड १९ विरुद्ध लड्न सहयोग गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार