थप ३१२५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३१ हजारभन्दा बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजाार ८११ जनाको नमुना परीक्षण गर्दा ३१ सय २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ ।यीमध्ये ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भइसकेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब १ प्रतिशत रहेको छ । उता गत २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३१ हजार ६२९ सक्रिय संक्रमित रहेका छन। जसमध्ये ६९० संक्रमित आइसीयूमा रहेका छन् भने १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा