स्वास्थ्य राज्यमन्त्रीद्वारा सरकारी सुविधा नलिने घोषणा
हेल्थ टिभी अनलाइन \ काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले मन्त्री हुँदा पाउने सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा आज पत्रकार सम्मेलनका क्रममा उनले राज्यमन्त्रीका लागि सरकारले दिने सेवा सुविधा नलिने जनाएका हुन्। उनले मन्त्रालयमा आएपछि अबको सय दिनको कार्यक्रम योजना प्रस्तुत गर्दै उनले सुरक्षाकर्मी बाहेकका अन्य सेवा नलिने जनाएका हुन्।
उनले आफूले आफनो नीजि व्यवसाय जसले मन्त्री भएपछि ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ ल्याउँछ ती व्यवसायबाट कानुनी रूपमा अलग भएको समेत जनाएका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त