Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चैतसम्म सबै नागरिकले खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चैतसम्म सबै नागरिकले खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

हेल्थ टिभी अनलाइन \काठमाडौं : नव नियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी चैत महिनासम्म सम्पूर्ण नेपाली नागरिकलाई खोप दिइने जनाएका छन्।

स्वास्थ्य राज्यमन्त्री भएर आएपछि मन्त्रालयमा पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले असोजसम्म एक तिहाई नागरिकलाई खोप दिइने र चैतसम्म सम्पूर्ण नागरिकलाई कोरोना खोप दिइसकिने जनाएका हुन्। उनले त्यसका लागि खोप खरिद प्रक्रिया अघि बढिसकेको जनाए ।

उनले  पुस माघसम्म ३ कराेड २३ लाख र  चैतसम्म कुल ५ करोड २३ लाख डोज खोप नेपाल भित्रिसक्ने समेत जिकीर गरे । पत्रकार सम्मेलनका क्रममा उनले मोर्डना, फाइजर लगायतका कम्पनीसँग पनि खरिद प्रक्रिया अघि बढिसकेको जनाए । कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले आफनो सय दिने योजना अघि सारेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार