Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्टार अस्पतालका निर्देशक डा शैल रुपाखेतीलाई ‘बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान’

स्टार अस्पतालका निर्देशक डा शैल रुपाखेतीलाई ‘बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान’

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीलाई बारबरा फाउन्डेसनले कोभिड- १९ विशिष्ट सम्मान प्रदान गरेको छ । कोभिड महामारीमा चिकित्सक, स्वास्थ्यकर्मी एवम अन्य कर्मचारीको मनोबल बढाउँदै उच्च व्यवस्थापकीय जिम्मेवारी बहन गर्दै कोरोना रोकथाममा महत्वपूर्ण भूमिका खेलेको भन्दै डा रुपाखेतीलाई सम्मान गरिएको हो ।

स्टार अस्पताल निजी क्षेत्रको पीसीआर परीक्षण सुरु गर्ने पहिलो अस्पताल हो भने कोरोना महामारीका बेला धेरै अस्पताल डराएर बिरामीलाई गेटबाटै फर्काएका बेला पनि आफनो जिम्मेवारी बहन गर्दै सबै बिरामीलाई भर्ना गरेर उपचार गरेको थियो ।

कोरोना संक्रमितको उपचारमा स्टार अस्पतालले दिएको सेवाको सेवाग्राहीले खुलेरै प्रशंसा गर्ने गरेका छन् । बारबरा फाउन्डेसनले सो कामको उच्च मूल्याकंन गर्दै उक्त अस्पताल र अस्पतालका निर्देशक डा रुपाखेतीलाई उच्च सम्मान दिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार