स्टार अस्पतालका निर्देशक डा शैल रुपाखेतीलाई ‘बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान’
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीलाई बारबरा फाउन्डेसनले कोभिड- १९ विशिष्ट सम्मान प्रदान गरेको छ । कोभिड महामारीमा चिकित्सक, स्वास्थ्यकर्मी एवम अन्य कर्मचारीको मनोबल बढाउँदै उच्च व्यवस्थापकीय जिम्मेवारी बहन गर्दै कोरोना रोकथाममा महत्वपूर्ण भूमिका खेलेको भन्दै डा रुपाखेतीलाई सम्मान गरिएको हो ।
स्टार अस्पताल निजी क्षेत्रको पीसीआर परीक्षण सुरु गर्ने पहिलो अस्पताल हो भने कोरोना महामारीका बेला धेरै अस्पताल डराएर बिरामीलाई गेटबाटै फर्काएका बेला पनि आफनो जिम्मेवारी बहन गर्दै सबै बिरामीलाई भर्ना गरेर उपचार गरेको थियो ।
कोरोना संक्रमितको उपचारमा स्टार अस्पतालले दिएको सेवाको सेवाग्राहीले खुलेरै प्रशंसा गर्ने गरेका छन् । बारबरा फाउन्डेसनले सो कामको उच्च मूल्याकंन गर्दै उक्त अस्पताल र अस्पतालका निर्देशक डा रुपाखेतीलाई उच्च सम्मान दिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा