खोप लगाएको प्रमाण पत्रका लागि शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न शुल्क तिर्न नपर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क रहेको भन्दै कसैबाट पनि शुल्क नलिन अस्पताललाई निर्देशन दिएको हो । अस्पतालले खोप प्रमाणीकरणका लागि शुल्क लिएको भन्ने गुनासो आएपछि मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो । वैदेशिक रोजगारी तथा अन्य कामका लागि विदेश जानेका लागि खोप कार्ड अनिवार्य भएपछि सरकारले खोप लगाएको प्रमाणपत्र दिंदै आएको छ ।
खोप लगाएको प्रमाणीकरणका लागि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल र पाटन अस्पताल अस्पताल ताकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा