Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप २५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

थप २५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
पछिल्लो २४ घण्टामा १२ हजार ६३६ नमुना परीक्षण गर्दा २५ सय ६८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । उता गत २४ घण्टामा २ हजार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

हाल देशभर ३१ हजार २९८ सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार देशभर हालसम्म ४० लाख ६४ हजार बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १८ लाख १३ हजार बढीले दोस्रो मात्रा समेत लगाइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार