थप २५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
पछिल्लो २४ घण्टामा १२ हजार ६३६ नमुना परीक्षण गर्दा २५ सय ६८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । उता गत २४ घण्टामा २ हजार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
हाल देशभर ३१ हजार २९८ सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार देशभर हालसम्म ४० लाख ६४ हजार बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १८ लाख १३ हजार बढीले दोस्रो मात्रा समेत लगाइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा