वीर र टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित, अन्य केन्द्रमा गएर लगाउन सकिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पाल तथा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सञ्चालन हुँदै आएको कोरोना विरुद्धको खोप अभियान स्थगित भएको छ ।
अन्य खोप केन्द्रहरुमा भने खो कार्यक्रम नियमित रहेको काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले बताए । यी अस्पतालमा लक्षित समूहभन्दा बाहिरका मानिसहरुलाई खोप दिन थालेको पाइएपछि र कोभिडका नयाँ संक्रमित पनि बढेकाले यी दुई अस्पतालमा तत्कालका लागि खोप कार्यक्रम स्थगित गरिएको खड्काले जनाए।
काठमाडौंमा ५० वर्ष माथिकालाई साउन १४ गतेदेखि १८ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अनुरुप अभियान सुरु गरेको हो । यो अभियान अन्य केन्द्रमा भोलिसम्म जारी रहनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण