Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वीर र टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित, अन्य केन्द्रमा गएर लगाउन सकिने

वीर र टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित, अन्य केन्द्रमा गएर लगाउन सकिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पाल तथा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सञ्चालन हुँदै आएको कोरोना विरुद्धको खोप अभियान स्थगित भएको छ ।

अन्य खोप केन्द्रहरुमा भने खो कार्यक्रम नियमित रहेको काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले बताए । यी अस्पतालमा लक्षित समूहभन्दा बाहिरका मानिसहरुलाई खोप दिन थालेको  पाइएपछि र कोभिडका नयाँ संक्रमित पनि बढेकाले यी दुई अस्पतालमा तत्कालका लागि खोप कार्यक्रम स्थगित गरिएको खड्काले जनाए।

काठमाडौंमा ५० वर्ष माथिकालाई साउन १४ गतेदेखि १८ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अनुरुप अभियान सुरु गरेको हो । यो अभियान अन्य केन्द्रमा भोलिसम्म जारी रहनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार