Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल बर्न सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा लोहनी र उपाध्यक्षमा डा चौधरी

नेपाल बर्न सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा लोहनी र उपाध्यक्षमा डा चौधरी

हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार नेपाल बर्न सोसाईटी (नेपाल अग्नि जलन समाज ) को २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोसाइटीको आज बसेको सभाबाट नौं सदस्यीय कार्यसमिति समेत चयन भएको छ ।

नयाँ कार्यसमितिमा अध्यक्षमा प्राडा ईश्वर लोहनी, उपाध्यक्षमा प्राडा आरपी चौधरी, सचिवमा डा विजय थापा चयन भएका छन्। यसैगरी सहसचिवमा डा सन्देश प्रकाश मास्के, कोषाध्यक्षमा रमाना राजकर्णिकार र सह कोषाध्यक्षमा डा सन्जीव त्रिपाठी चयन भएका छन् । उता सदस्यहरुमा डा शान्ता सापकोटा, गौरी कार्की र रोशन डंगोल चयन भएका छन्।

नव निर्वाचित उपाध्यक्ष प्राडा आरपी चौधरीले बर्नका बिरामीको उपचारमा सहज होस भन्नका लागि अन्य रोगको अस्पताल जस्तै बर्नका बिरामीका लागि मात्र छुट्टै अस्पताल हुनुपर्ने जनाए । उनले एकिन तथ्यांक नभए पनि नेपालमा वार्षिक ५० हजार भन्दा बढी बर्न अर्थात पोलेका बिरामी उपचारमा आउने भए पनि उनीहरुको लागि छुट्टै अस्पताल नहुँदा समस्या हुने गरेको बताए । यसैगरी डा चौधरीले बर्नबाट हुने क्षति न्यूनीकरणका लागि जनतेचना र उपचारका सेवालाई विस्तार गर्नुपर्ने विषयमा नयाँ कार्यसमितिले काम गर्ने जानकारी दिए ।

नेपाल बर्न सोसाइटी पोलेका बिरामीको उपचार सहज बनाउन तथा यस विषयमा जनचेतनाफैलाउन २६ वर्ष अघि स्थापना भएको नाफारहित संस्था हो । जसले सरकारसँग मिलेर विभिन्न जिल्लामा गएर जनचेतनामूलक कार्यक्रम एवम तालिमहरु गर्दै आएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार